काठमाडौंमा आफ्नै श्रीमानले लगाए महिलालाई आगो
काठमाडौं । सिरहाको लाहान नगरपालिका ७ घर भई बुढानिलकण्ड नगरपालिका १० कपनस्थित आकाशेधारामा बस्दै एक व्यक्ति आफ्नै श्रीमतीलाई आगो लगाएको आरोपमा पक्राउ परेका छन् ।
३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । घाइते अस्मिताको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीबाट उनको शरीरको विभिन्न भाग जलेको र बोल्न नसक्ने अवस्थामा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रवीणले श्रीमतीलाई शुक्रबार राति नौ बजे आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया