साढे दुई हजार परीक्षण गर्दा आठमा संक्रमण
काठमाडौं । कोरोना भाइरसको संक्रमण घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा आठ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या एक हजार ७५८ जना रहेको छ । पछिल्लो समय २१० कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या नौ लाख ६४ हजार ६०८ पुगेको छ । निको हुनेदर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा काठमाडौं मात्र रहेको छ ।
शून्य सङ्क्रमित भएका नौ जिल्ला धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, कञ्चनपुर, डोल्पा, हुम्ला र जुम्ला छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ ।
हाल होमआइसोलेशनमा एक हजार ७१७, संस्थागत आइसोलेशनमा ४१, आइसीयूमा १९ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ४७ हजार ७०१ जनाले खोप लगाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया