यसरी छानिन्छन् कांग्रेसका उम्मेदवार : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि काम गरेको पार्टी नेपाली कांग्रेससँग अरु दलहरूको तुलना हुनै नसक्ने बताएका छन् । नेपाली कांग्रेस जनजनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको उनको भनाई छ । कांग्रेसको एकमहिने अभियान अन्तरगत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।
वर्तमान सत्तागठबन्धन कांग्रेसको चाहना नभै मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको भन्दै संविधान र लोकतन्त्रमाथि प्राहार भएपछि परिस्थितिलाई सम्हालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानूपर्ने बाध्यता कांग्रेसलाई आई परेको उनको भनाई थियो ।
स्थानीय निर्वाचनका सबन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिनेसमेत बताएका छन् । पार्टी गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने समेत बताएका छन् । कांग्रेसका सबै कमिटीहरूले उमेदवार सिफारिस गर्दा विधानको परिधिभित्र रहेर गर्नसमेत आग्रह गरे । टिकटका लागि सबैले प्रयास गर्न पाउने तर जसले पाउँछ त्यो पार्टीको उमेदवार हुने भएकाले सबै एकढिक्का भएर जिताउन लाग्नुपर्नेसमेत बताए ।
वर्तमान सरकारको मुख्प दायित्व भनेकै संविधानलाई ट्रयाकमा ल्याउन र संविधान र कानुन बमोजिम समयसीमाभित्र निर्वाचन गराउने मुख्य अभिभारा रहेकाले सरकार तोकिएकै समयमा निर्वाचन गराउन लागिरहेकोले अब मुलुकको ध्यान निर्वाचनकेन्द्रित भैससकेको समेत बताए । नेपाली नागरिकले विगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यसको मुल्याकन गर्ने बेला आएकोसमेत बताए ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया