सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते
काठमाडाैं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाको पुलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
आइतबार वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना. ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको हो । घाइतेहरुलाई उपाचारको लागि लालबन्दीको मोडेल र गढिमाई अस्पताल ल्याइएको सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले बता ।
ट्राफिक प्रहरी निरीक्षक दोङका अनुसार मृतकहरुको सनाखत भइसकेको छैन् । घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको छ । दुर्घटनामा बस चालक घाइते भएका छन् । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया