सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

काठमाडाैं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाको पुलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
आइतबार वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना. ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको हो । घाइतेहरुलाई उपाचारको लागि लालबन्दीको मोडेल र गढिमाई अस्पताल ल्याइएको सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले बता ।
ट्राफिक प्रहरी निरीक्षक दोङका अनुसार मृतकहरुको सनाखत भइसकेको छैन् । घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको छ । दुर्घटनामा बस चालक घाइते भएका छन् । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया