मैत्रीपूर्ण खेलमा शीर्ष वरीयताको बेल्जियमबाहेक सबै ठूला टोली विजयी
काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अरु सबै ठूला टोलीले सुखद नजिता निकाल्दा बेल्जियम भने बराबरीमा रोकिएको छ ।
फिफा वरीयताको शीर्ष स्थानमा रहेको गएराति आयरल्याण्डसँग बराबरीमा रोकिएको हो ।

गएराति भएको खेलमा बेल्जियम घरेलु टोली आयरल्याण्डसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २२ औं मिनेटमा मिची बात्सुआईले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ३५ औं मिनेटमा चिडोजी ओग्बेनेले गोल गर्दै घरेलु टोली आयरल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।
खेलको ५८ औं मिनेटमा हान्स भानाकेनले गोल गरेपछि बेल्जियमले २–१ को अग्रता लियो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा एलन ब्राउनीले गोल गर्दै आयरल्याण्डलाई २–२ गोलको बराबरीमा ल्याएका हुन् ।

गएराति नै भएका अन्य खेलमा इंग्ल्याण्ड, स्पेन, जर्मनी, नेदरल्याण्ड्सजस्ता ठूला टोली विजयी भए । सबै ठूला टोलीले घरेलु मैदानमा खेल्दै जित निकालेका हुन् ।
इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई २–१ ले हराउँदा स्पेनले पनि अल्बानियामाथि समान नतिजा निकाल्यो ।

जर्मनीले इजरायलमाथि २–० काे जित निकाल्यो ।

यस्तै, नेदरल्याण्ड्सले डेनमार्कमाथि ४–२ गोल अन्तरले हरायो ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया