कांग्रेस बैठक : ५५ केन्द्रीय सदस्यले राखे आ–आफ्नो धारणा

काठमाडौं । स्थानीय तहमा चुनावी तालमेल, संसदीय बोर्ड गठन, भ्रातृ संस्थाको तदर्थ समिति गठनसहितका विषयमा छलफल गर्न बसेकाे कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज बसेको बैठकमा करिब ५५ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय सदस्यहरू एनपी साउद, जीवनबहादुर शाही, दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, सरिता प्रसाईँ, अमृत अर्याल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्रव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार र उदयमशेर राणा आफ्नो धारणा राखेका थिए ।
यस्तै, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुनजंगबहादुर सिंह, राजीवविक्रम शाह, डा. चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बाँस्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल आचार्य, रुपा विक., विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक चैत्र सोमबार विहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पौडेलले जनाए ।
शुक्रबारको बैठकमा प्रदेशका सभापति र केन्द्रीय प्रतिनिधिबाट चुनावी तालमेलसहित पार्टीको अवस्थाबारे सभापति शेरबहादुर देउवाले सुझाव मागेका थिए ।
प्रतिक्रिया