सेनाले पाइलटदेखि डाक्टरसम्मका पदमा माग्यो १९४ जनशक्ति
काठमाडौं । नेपाली सेनाले पाइलटदेखि डाक्टरसम्मका प्राविधिक पदमा जनशक्ति माग गरेको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगीअड्डाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्तिका लागि सोमबार विज्ञापन आह्वान गरेको हो ।
सेनाले सबैभन्दा धेरै एमबिबिएस उत्तीर्ण ५० चिकित्सक माग गरेको छ । यो पदमा खुलामा मात्रै ५० जनाले प्रतिस्पर्धा गर्न पाउनेछन् । लेखातर्फको उपसेनानी पदमा ४० जना माग गरिएको छ । सेनाले चार जना पाइलट पनि माग गरेको छ ।
आवेदन दिन एक महिनाको समय दिइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ ।

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया