विश्वकपका लागि हालसम्म २० राष्ट्र छानिए (सूचीसहित)
काठमाडौं । क्यानडा यसै वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।
उत्तर अमेरिका, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको छनोटअन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा जमैकालाई ४–० गोल अन्तरले हराउँदै क्यानडा ३६ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
यससँगै विश्वकप २०२२ मा छनोट हुने राष्ट्रको संख्या २० पुगेको छ ।
यससँगै विश्वकपमा छनोट हुने देशको संख्या २० पुगेको छ । यसै हप्ता उरुग्वे, इक्वेडर, जापान र साउदी अरेबिया पनि विश्वकपका लागि छनोट भएका थिए ।
उरुग्वे र इक्वेडर दक्षिण अमेरिका तथा जापान र साउदी अरेबिया एसियाबाट छनोट भएका हुन् ।
यसअघि इरान एसियाबाट छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको थियो । त्यसपछि दक्षिण कोरिया छनोट भएको थियो ।

३२ देश सहभागी हुने विश्वकपमा एसियाली राष्ट्र कतार भने आयोजकको रूपमा सन् २०१० मै खेल्ने निधो भइसकेको थियो । कतारले मतदानमा बाजी मार्दै आयोजक बनेको थियो ।
बाँकी ३१ देशमा युरोपबाट १३, एसियाबाट चार वा पाँच, अफ्रिकाबाट पाँच, दक्षिण अमेरिकाबाट चार वा पाँच, उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट तीन वा चार र ओसियानाबाट शून्य वा एक टोली छनोट हुन्छन् ।
यसको अर्थ दुई टोली अन्तरमहादेशीय प्ले अफबाट छनोट हुनेछन् ।
यस क्रममा युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्याण्ड, स्विट्जरल्याण्ड र नेदरल्याण्ड्स छनोट भएका छन् ।
दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे छनोट भएका छन् ।
यसैगरी, एसियाबाट आयोजक कतार, इरान, दक्षिण कोरिया जापान र साउदी अरेबिया छनोट भएका छन् ।
अब १२ देश छानिन बाँकी छन् ।
अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार–चार, अर्जेन्टिना, फ्रान्स र उरुग्वले दुई–दुई तथा स्पेन र इंल्याण्डले एक–एकपटक विश्वकपको उपाधि जितेका छन् ।
विश्वकपमा छानिएका २० देशको सूची :

१. कतार
२. ब्राजिल
३. जर्मनी
४. डेनमार्क
५. फ्रान्स
६. बेल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्विया
१०. इंग्ल्याण्ड
११. स्विट्जरल्याण्ड
१२. नेदरल्याण्ड्स
१३. अर्जेन्टिना
१४. इरान
१५. दक्षिण कोरिया
१६. जापान
१७. साउदी अरेबिया
१८. इक्वेडर
१९. उरुग्वे
२०. क्यानडा ।


प्रतिक्रिया