एमालेको केन्द्रीय संगठन विभागको पहिलो बैठक : पूर्वप्रमुखहरूले सुनाए काम गर्दाका अनुभव
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय संगठन विभागले विभागका पूर्वप्रमुखहरूसँग अन्र्तक्रियात्मक बैठक गरेको छ ।
पहिलोपटक आयोजित बैठकमा संगठन विभाग पूर्वप्रमुखहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव कमरेड पृथ्वी सुब्बा गुरुङ र सल्लाहकार परिषद्का अध्यक्ष कमरेड अमृतकुमार बोहराले संगठन विभागको प्रमुख भएर काम गर्दाको आफ्ना अनुभव सुनाएका थिए ।
बैठकमा पार्टी जीवनमा देखा परेका संगठनात्मक समस्या र तिनको समाधानका बारेमा छलफल भएको एमालेले जनाएको छ ।
बैठक विभाग प्रमुख खगराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया