NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ५ गते
२०८१ असार ५ गते

युक्रेनमा सेनालाई खाना बनाउन व्यस्त रंगकर्मी

किएभ । थिएटर खाली थियो । सिटहरु धुलो नलागोस भनेर ढाकिएका थिए । रंगकर्मी अल्ला स्कोन्डिनाले आफ्नो सम्पूर्ण जीवनका लागि तयार गरेको नाटक थियो यो ।

त्यहाँ एउटा भनाइ छ, ‘जब बन्दुकको आवाज आउँछ, म्युजहरु चुपचाप हुन्छन्’ युक्रेनी अभिनेत्रीले खाली रंगमञ्चमा उभिएर भनिन्, ‘तर हामी चुप लागेका छैनौं ।’

स्कोन्डिनाले दक्षिणपश्चिम युक्रेनको ड्रोहोबिचमा रहेको थिएटरको क्याफेमा सहकर्मी कलाकारहरुसँग काम गर्दै सैनिकहरुलाई पठाउनका लागि पकौडा बनाउँछिन् ।

यो युक्रेनभरका नागरिकहरु स्वयंसेवक सेना भएर खटिएको विशाल युद्धको एउटा सानो भाग हो, जहाँ सबैले आफैंलाई अप्रत्याशित भूमिकामा खेलिरहेको पाउँछन् ।

रुसको आक्रमणपछि स्न्याक बार पपकर्नहरु त्यस क्याफेमा बासी बसेका छन्, कलाकारहरुले त्यहीँ आटाको पिठो मुछेर पकौडा बनाएर युद्ध मैदानमा रहेका सैनिकहरुलाई पठाउँछन्, वा विस्थापित भएका मानिसहरुलाई खान दिन्छन् ।

थिएटर निर्देशक मिकोला ह्नाटेन्कोले भने, ‘हामीले १ सय ५० किलोग्राम बन्दा र मासुबाट ३ हजार पाउन्डभन्दा बढी मिटबल बनायौं । १० हजारभन्दा बढी आलुसहितको पकौडा, ८० किलोग्राम माछा फ्राइ, २ हजार मासुसहितको प्यानकेक र ५ सयबढी स्विट प्यानकेक बनायौं । अब हामीले प्रोटीन धेरै भएका खानेकुरा बनाउने निधो गरेका छौं ।’

युद्ध सुरु भएपछि थिएटर एउटा बैठक बिन्दु भएको छ । त्यहाँ कलाकारहरु, देशभरबाट विस्थापित भएकाहरु, स्वयंसेवीहरु युद्धको अग्रमोर्चामा खटिएका सैनिकका लागि खाना बनाउन लागिपरेका छन् । थिएटरमा खाना बनाउन रुसले आक्रमण गरेको दोस्रो दिन अर्थात् फेबु्रअरी २५ देखि सुरु भएको हो ।

हाल त्यहाँ खाना बनाउन युक्रेनका अन्य भागबाट विस्थापित भएका र अहिले थिएटरमा बस्ने कलाकारसहित लगभग १५० स्वयंसेवकहरु रहेका छन् ।

उनीहरुले थिएटरको आँगनमा खाना पकाउँछन् र किएभलगायत विभिन्न ठाउँमा खटिएका सैनिकका लागि खानेकुरा पठाउँछन् ।

युद्धमा खटिएका सेनाबारे रिपोर्टिङ गर्न युक्रेनले प्रतिबन्ध लगायो