विश्वप्रकाशको सुझाव : कांग्रेसले आवश्यकता हेरेर चुनावी गठबन्धन गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा पार्टीले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक आज सुझाव दिँदै उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माको सुझाव बढी तेस्रो पार्टी माओवादी केन्द्रतिर लक्षित थियो ।
‘कुनै ठाउँमा कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि छ । यसर्थ, आवश्यकता हेरेर गठबन्धन गर्नु पर्छ’, उनले भने, ‘मतभार हेरेर त्यहाँको अवस्थाअनुसार तालमेल गर्नु पर्छ ।’
केन्द्रीय समितिको बैठक शुक्रबारदेखि जारी छ । आइतबारको बैठकमा ५५ जना केन्द्रीय सदस्यले सुझाव दिएका थिए ।
प्रतिक्रिया