विश्वप्रकाशको सुझाव : कांग्रेसले आवश्यकता हेरेर चुनावी गठबन्धन गर्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा पार्टीले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक आज सुझाव दिँदै उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माको सुझाव बढी तेस्रो पार्टी माओवादी केन्द्रतिर लक्षित थियो ।
‘कुनै ठाउँमा कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि छ । यसर्थ, आवश्यकता हेरेर गठबन्धन गर्नु पर्छ’, उनले भने, ‘मतभार हेरेर त्यहाँको अवस्थाअनुसार तालमेल गर्नु पर्छ ।’
केन्द्रीय समितिको बैठक शुक्रबारदेखि जारी छ । आइतबारको बैठकमा ५५ जना केन्द्रीय सदस्यले सुझाव दिएका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया