क्युवामा लकडाउनका कारण सडकभरि गगंटा भरिए

काठमाडौं । क्युवाको दक्षिणी तटीय क्षेत्रमा बसाइँसराइ गरेका गगंटाको संख्या तीव्र गतिमा बढ्दै गएपछि स्थानीयवासी समस्यामा परेका छन् । यसअघि त्यस क्षेत्रमा त्यति धेरै संख्यामा गंगटा देखा पर्दैनथे । लकडाउनभन्दा अघि गाडीमा चक्काले कुल्चिएर मर्ने भएकाले पनि गगंटाकाे संख्या बढ्न नपाएकाे हुन सक्थे तर विगत २ वर्षदेखिकाे बन्दले गर्दा उनीहरूले खुला ठाउँ पाएकाे स्थानीयकाे भनाइ छ ।
तर कोरोना महामारीका कारण लकडाउनका बेला खाली ठाउँ उपलब्ध भएपछि ती बाहिर निस्किन थालेको समाचार एजेन्सी रोयटर्सले लेखेको छ ।
क्युबाको बे अफ पिग्स वरपरका स्थानीय बासिन्दाहरूका अनुसार अहिले क्युवाको सडकमा यी गगंटाहरु खुलेर घुमिरहेका छन् ।
पानी पर्न थालेपछि जमिनबाट लाखौंको संख्यामा रातो, पहेँलो र कालो रंगका गगंटा निस्कने गरेको एन्जेल इरावलाले बताएकी छन् । एन्जेलका अनुसार बिहानदेखि बेलुकासम्मै गगंटा सडकमा निस्किन थालेपछि मानिसहरुले हिँड्ने बाटो पनि पाएका छैनन ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार क्युवाली वातावरण मन्त्रालयले कोरोना अवधिदेखि लगातार गगंटाको संख्या बढेको जनाएको छ । उनीहरुको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
यी गंगटाहरू कुनै पनि सवारी साधन, बस, घर र समुद्रको पर्खालमा घुमिरहन्छन् । तिनीहरू सडकमा यति धेरै फैलिएका छन्, टाढाबाट हेर्दा सडकहरु कार्पेटले ढाकिएको जस्तो देखिन्छ ।
यी गगंटाहरु सामान्यतया क्यारेबियन क्षेत्रमा क्युबा र बार्बाडोस जस्ता देशहरूमा पाइन्छ ।
ताजा अपडेट
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
प्रतिक्रिया