NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ३१९ जना कोरोनामुक्त

काठमाडाैं । कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ३०९ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या एक हजार २५४ रहेको छ । पछिल्लो २४ घण्टामा ३१९ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।

योसँगै निको हुनेको संख्या नौ लाख ६५ हजार १४२ पुगेको छ । निको हुनेदर ९८ दशमलव सात प्रतिशत छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार शून्य संक्रमित भएका जिल्ला संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, डोल्पा, हुम्ला, जुम्ला, कञ्चनपुर र बाजुरा छन् । नेपालमा संक्रमणदर १७.७ प्रतिशत छ ।

हाल होम आइसोलेशनमा एक हजार २०६, संस्थागत आइसोलेशनमा ४८, आइसियुमा २३ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा एक लाख ६ हजार ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

No photo description available.

ताजा अपडेट

नेपालवाच विशेष