घट्यो डलरको भाउ, यस्तो छ आजको विनिमय दर
काठमाडाैं । मंगलबार अमेरिकी डलरको भाउ थोरै पैसाले घटेको छ । आज अमेरीकी डलरको भाउ खरिददर १२१ रूपैउँ ५६ पैसा र बिक्रीदर १२२ रूपैयाँ १६ पैसा छ ।
सोमबार अमेरिकी डलरको भाउ १२१ रूपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रूपैयाँ २२ पैसा थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर भने १३३ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रूपैयाँ १२ पैसामा कारोबार भइरहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ९१ रुपैयाँ ४२ पैसा पुगेको छ । यसको बिक्रीदर ९१ रुपैयाँ ८७ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ७० पैसा र बिक्रीदर १६० रुपैयाँ ४९ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४३ पैसा छ । जापानी येन आज खरिददर ९ रूपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३२ रुपैया ५७ पैसा रहेको छ ।
भारतीय रूपैयाँ आज खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया