विवेकशील साझा पार्टीको कार्यालयमा झडपको अवस्था आएपछि प्रहरी परिचालन

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र विरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको छ । केन्द्रीय कार्यालय बखुण्डोलमा तनाव सिर्जना भएको हो ।
यसअघि मिलन पाण्डे नेतृत्वको असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालयमा आज ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
अध्यक्ष मिश्र पक्षको सो पत्रकार सम्मेलन रोक्न खोजेको थियो । यसका लागि कर्मचारीबाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारीसमेत गरेको छ ।
‘अनधिकृत व्यक्तिहरूले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरिएको छ’, सूचनामा भनिएको छ ।
त्यसपछि असन्तुष्ट पक्षका नेता–कार्यकर्ताले हो–हल्ला र नाराबाजी गर्दै विरोध जनाएका थिए । त्यस क्रममा होहल्ला र नाराबाजी भएको थियो । झडप हुने अवस्था आएपछि प्रहरी परिचालन गरिएको छ ।
विवेकशील साझाको पाण्डे पक्षले अघि सार्यो विवाद समाधानका दुई उपाय
ताजा अपडेट
-
नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा व्यवसायी पक्राउ
-
बुहारी भित्राउन विप्लवलाई चटारो: होटलमा इन्गेजमेन्ट, पार्टी कार्यालयमा विवाह, ब्यांक्विटमा पार्टी
-
हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
रेबिजबारे व्याप्त यी भ्रम जसले मानिसको ज्यान गइरहेको छ
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
प्रतिक्रिया