NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

खेल जीवनकै दुःखद क्षण आउन नदिने यत्नमा रोनाल्डो

काठमाडौं । क्रिस्टियानो रोनाल्डो फुटबलका सर्वकालीन महान फुटबलर मध्येका एक हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलका सफल खेलाडी मानिन्छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन् । उनले युरोकप र नेसन्स लिगजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जितिसकेका छन् ।

रोनाल्डोले जित्नबाहेक ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता विश्वकप हो । त्यो पनि जितेर उनी अन्तर्राष्ट्रिय फुटबलबाट विदा हुन चाहन्छन् ।
तर अफसोच, रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकप सिधै छानिन सकेन ।

विश्वकपमा सिधै छनोट नभएपछि पोर्चुगलले प्ले अफको सहारा लिनु परिरहेको छ । पाँच दिनअघि रोनाल्डोसहितको पार्चुगलले प्ले अफको सेमिफाइनलमा टर्कीलाई ३–१ गोल अन्तरले हराउँदै उत्तरी मेसेडोनियासँगको भेट पक्का गरेको छ । पोर्चुगलले आज राति आफ्नो घरेलु मैदानमै उत्तरी मेसेडोनियासँग खेल्दैछ ।

नेपाली समयअनुसार आज राति १२.४५ बजे हुने खेलमा पोर्चुगल पराजित भए सुपरस्टार रोनाल्डोको अन्तिमपटक विश्वकप खेल्ने सम्भावना पनि सकिनेछ । ३७ वर्षका रोनाल्डो सम्भवत अर्को विश्वकपसम्मका लागि फिट रहने छैनन् । विश्वकपपछि राष्ट्रिय टोलीबाट सन्यास लिने संकेत पनि उनले गरिसकेका छन् ।

यसर्थ, उनी आफ्नो अन्तिम विश्वकप यादगर बनाउन चाहन्छन् । जसरी नि जित्ने दाउमा उनको टोली पोर्चुगल हुनेछ । अझ भनौं आज राति मैदानमा उत्रँदा रोनाल्डो गर या मरको स्थितिमा हुनेछन् ।

यो खेल हारेर दुःखदपूर्ण रूपमा विश्वकपको छनोटबाट बाहिरिने छन् । तर, स्टार खेलाडीले भरिएको पोर्चुगलले उत्तरी मेसेडोनियालाई जित्दै विश्वकपमा स्थान बनाउने धेरैले अनुमान गरेका छन् ।

अघिल्लो खेलमा अनुपस्थित रहेका दुई प्रमुख डिफेण्डर पेपे र जाओ कान्सेलो फर्किएपछि पोर्चुगल थप बलियो भएको मान्न सकिन्छ ।

यसका बीच पनि यदि अप्रत्यासित नतिजा आएर पोर्चुगल विश्वकपमा छनोट नभएको खण्डमा रोनाल्डोका लागि त्यो खेल जीवनकै दुःखद क्षण हुने निश्चित छ ।

यता, रोनाल्डो भने खेल जित्नेमा आत्मविश्वासी देखिएका छन् । पोर्चुगलको तुलनामा उत्तरी मेसेडोनिया सानो टिम हो । तर, त्यही सानो टिमले इटालीजस्तो चारपटकको विश्वविजेता र युरोकपको साविक विजेतालाई पाखा लगाउँदै फाइनलमा पुगेको छ । यसप्रति रोनाल्डो पनि सचेत देखिएका छन् । उनले प्रतिद्धन्द्धी कम नआँक्ने बरु सम्मान गर्ने बताएका छन् ।

यद्यपि, आफूहरू जितका लागि सक्षम रहेको दाबी गर्दै आफ्ना समर्थक, सहकर्मी र मुलुकवासीलाई सन्देश दिइरहेका छन् ।

खेलको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै पोर्चुगललाई बहादुर र अमर देशको संज्ञा दिएका छन् ।

‘एउटा बहादुर र अमर राष्ट्र ! सबै एक साथ, एउटै बोली ! कम अन पोर्चुगल !’, उनले फेसबुकमा लेखेका छन् ।

पोर्चुगल विश्वकप छनोटको फाइनलमा