परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच कोलम्बोमा भेटवार्ता
काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको कोलम्बोमा मंगलबार भेटवार्ता भएको छ ।
कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाललको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।
विमिस्टेक सम्मेलन मंगलबारदेखि कोलम्बोमा सुरु भएको छ । यी दुईमन्त्री बीच प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी बारे छलफल भएको बताइएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्न प्रधानमन्त्री देउवा चैत १८ मा भारत जाँदै छन् ।
यसबाहेक, उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा, मलखाद तथा स्वास्थ्य लगायतका विषयमा छलफल भएको छ साथै रामायण परिपथलाई अघि बढाउने विषयमा पनि दुवै मन्त्रीबीच सहमति भएको बताइएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया