NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

बजारमा ५०० एमजी पारासिटामोल अभाव हुँदैन : औषधि उत्पादक संघ

काठमाडौं । पारासिटामोल ६५० एमजीको दर्ता सम्बन्धमा बजारमा आएका टिकाटिप्पणीप्रति नेपाल औषधी उत्पादक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी मान्यता प्राप्त फर्माकोपिया तथा युएसएफडिएमा नै प्रकाशित भइसकेको र नेपालले पनि उक्त फर्माकोपियालाई मान्यता दिएकोले भ्रममा नपर्न आग्रह गरेको छ ।

‘पारासिटामोल ५०० एमजीलाई विस्थापित गरी ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरू आइरहेको देखिएको छ । यसमा सत्यता छैन । ५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नका लागि अनुमति प्रदान भएकोले दुवै एमजीको बजारमा अभाव नहुने सबैमा विश्वास दिलाउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

औषधिको आवश्यकता औषधि लेख्ने विज्ञहरूका आधारमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त, विधि, प्रणालीअनुरूप उत्पादन गर्ने गरेको संघले दाबी गरेको छ ।

‘विभिन्न राष्ट्रमा देखिएका रोगहरूमा पारासिटामोल ६५० एमजी पनि आवश्यक देखिएको छ । आवश्यक र बिरामीको उपचारका लागि सही मात्राको औषधिको अभाव हुन नदिनु हाम्रो कर्तव्य हो’, विज्ञप्तिमा भनिएको छ ।

No description available.