बुधबार पनि डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमय दर
काठमाडौं । मंगलबार घटेको डलरको भाउ बुधबार पनि घटेको छ । आज अमेरीकी डलरको भाउ खरिददर १२१ रूपैयाँ २८ पैसा र बिक्रीदर १२१ रूपैयाँ ८८ पैसा छ ।
मंगलबार डलरको भाउ खरिदर १२१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रूपैयाँ १६ पैसा थियो ।त्यस्तै आज युरोपियन युरो एकको खरिददर भने १३३ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ ९५ पैसा पुगेको छ । यसको बिक्रीदर ९१ रुपैयाँ ४० पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६३ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५० पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा छ । जापानी येन आज खरिददर ९ रूपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैया ४९ पैसा रहेको छ ।
भारतीय रूपैयाँ आज खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया