मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरसामू खुलेर खेल्न नसक्दा २० ओभरमा कम योगफलमै समेटिएको हो ।
पहिलो बलमा नै करण केसीले मलेसियाको विकेट लिएका थिए । कुशल मल्लले दोस्रो विकेट लिएपछि दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेट दिलाए । ३८ बलमा २४ रन बनाएर खेलरहेका अहमेद फैजलाई सन्दीपले कुशल मल्लमार्फत् क्याचआउट गराएर चौथो विकेट लिए । करणले दुई विकेट लिए ।
पाँचौ विकेट पनि सन्दीपको नाममा रह्यो । छैटौं विकेट अविनाश बोहाराले लिए ।
मलेसियाका लागि जुवदी जुल्कीप्लेले ३२, क्याप्टेन अहमेद फैजले २४, महम्मद अमिरले १६, सियाद अजिजले १४ रनको योगदान दिए ।
खेलमा टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजेको थियो ।
नेपाल र मलेसिया दुवैले आ–आफ्ना पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेका थिए ।
सिरिजमा प्रत्येक टिमले दुई दुई एक आपसमा खेल्नेछन् । तीनमध्ये शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया