कोलम्बिया र चिली बाहिरिए, पेरु प्ले अफमा
काठमाडौं । कोलम्बिया र चिली कतारमा यसै वर्ष हुन लागेको फिफा विश्वकप छनोट हुनबाट बाहिरिएका छन् ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएका खेलमा भेनेजुएलामाथि १–० गोल अन्तरको जितका बाबजुद कोलम्बिया अन्य नतिजाका आधारमा प्ले अफमा समेत स्थान नबनाउँदै बाहिरिएको हो ।
यस्तै, निर्णायक खेलमा उरुग्वेसँग २–० ले पराजित हुँदै चिली छनोटको प्ले अफमा पुग्नबाट पनि चुनेको हो । सन् १९६२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको चिली लगातार दोस्रोपटक विश्वकप खेल्नबाट चुकेको हो ।
कोलम्बिया छैटौं र चिली सातौं स्थानमा रहँदै छनोट हुनबाट असफल भएका हुन् ।
तर, पेरुले भने दक्षिण अमेरिकी छनोटमा पाँचौ स्थान हासिल गर्दै प्ले अफमा स्थान बनाएको छ ।
आज बिहान भएको निर्णायक खेलमा पाराग्वेलाई २–० ले हराउँदै पेरुले प्ले अफमा स्थान बनाएको हो ।
अब पेरुले एसियाली टोलीसँग अन्तरमहादेशीय प्ले अफ खेल्नेछ । सो जितेमा विश्वकपका लागि छनोट भएको छ ।
आज बिहान नै भएका अन्य खेलमा ब्रालिलले बोलिभियालाई ४–० ले हरायो भने अर्जेन्टिना र इक्वेडरले १–१ गोलको बराबरी खेले ।
दक्षिण अमेरिकाबाट क्रमशः ब्राजिल पहिलो, अर्जेन्टिना दोस्रो, उरुग्वे तेस्रो र इक्वेडर चौथो हुँदै विश्वकपमा छनोट भइसकेका छन् ।
अब ब्राजिल र अर्जेन्टिनाबीच यसअघि रोकिएको खेल हुन बाँकी छ । तर, यसको नतिजाले अब कुनै फरक पार्ने छैन । अन्य सबै टोलीले भने दक्षिण अमेरिकी छनोटका सबै खेल पूरा गरेका छन् ।
इजिप्टलाई पेनाल्टीमा पाखा लगाउँदै सेनेगल विश्वकपमा, पाँचै टोलीको टुंगो लाग्यो
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया