NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते
दक्षिण अमेरिकी छनोट :

कोलम्बिया र चिली बाहिरिए, पेरु प्ले अफमा

काठमाडौं । कोलम्बिया र चिली कतारमा यसै वर्ष हुन लागेको फिफा विश्वकप छनोट हुनबाट बाहिरिएका छन् ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएका खेलमा भेनेजुएलामाथि १–० गोल अन्तरको जितका बाबजुद कोलम्बिया अन्य नतिजाका आधारमा प्ले अफमा समेत स्थान नबनाउँदै बाहिरिएको हो ।

यस्तै, निर्णायक खेलमा उरुग्वेसँग २–० ले पराजित हुँदै चिली छनोटको प्ले अफमा पुग्नबाट पनि चुनेको हो । सन् १९६२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको चिली लगातार दोस्रोपटक विश्वकप खेल्नबाट चुकेको हो ।

कोलम्बिया छैटौं र चिली सातौं स्थानमा रहँदै छनोट हुनबाट असफल भएका हुन् ।

तर, पेरुले भने दक्षिण अमेरिकी छनोटमा पाँचौ स्थान हासिल गर्दै प्ले अफमा स्थान बनाएको छ ।

आज बिहान भएको निर्णायक खेलमा पाराग्वेलाई २–० ले हराउँदै पेरुले प्ले अफमा स्थान बनाएको हो ।

अब पेरुले एसियाली टोलीसँग अन्तरमहादेशीय प्ले अफ खेल्नेछ । सो जितेमा विश्वकपका लागि छनोट भएको छ ।

आज बिहान नै भएका अन्य खेलमा ब्रालिलले बोलिभियालाई ४–० ले हरायो भने अर्जेन्टिना र इक्वेडरले १–१ गोलको बराबरी खेले ।

दक्षिण अमेरिकाबाट क्रमशः ब्राजिल पहिलो, अर्जेन्टिना दोस्रो, उरुग्वे तेस्रो र इक्वेडर चौथो हुँदै विश्वकपमा छनोट भइसकेका छन् ।

अब ब्राजिल र अर्जेन्टिनाबीच यसअघि रोकिएको खेल हुन बाँकी छ । तर, यसको नतिजाले अब कुनै फरक पार्ने छैन । अन्य सबै टोलीले भने दक्षिण अमेरिकी छनोटका सबै खेल पूरा गरेका छन् ।

इजिप्टलाई पेनाल्टीमा पाखा लगाउँदै सेनेगल विश्वकपमा, पाँचै टोलीको टुंगो लाग्यो