मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा मलेसियाले नेपाललले मलेसियाविरुद्ध सहज जित दर्ता गरेको छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ६ विकेटको जित निकालेको हो । त्रिदेशीय सिरिजमा यो नेपालको लगातार दोस्रो जित हो ।
नेपाललाई सहज जित दिलाउने क्रममा आशिफ शेखले ५७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए । रोहित पौडेलले १२ रन बनाउँदा कुशल भुर्तेल ६ बलमा १ रनमै आउट भए । टी-२० मा डेब्यु गरेका दिलिपनाथले ७ बलमा नटआउट १५ रन बनाए । नेपालकाे जितमा उनैले विजयी रन प्रहार गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरसामू खुलेर खेल्न नसक्दा २० ओभरमा ११४ रनमा समेटिएको थियो ।
पहिलो बलमा नै करण केसीले मलेसियाको विकेट लिएका थिए । कुशल मल्लले दोस्रो विकेट लिएपछि दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेट दिलाए । ३८ बलमा २४ रन बनाएर खेलरहेका अहमेद फैजलाई सन्दीपले कुशल मल्लमार्फत् क्याचआउट गराएर चौथो विकेट लिए । करणले दुई विकेट लिए । पाँचौ विकेट पनि सन्दीपको नाममा रह्यो ।
छैटौं विकेट अविनाश बोहाराले लिए । मलेसियाका लागि जुवदी जुल्कीप्लेले ३२, क्याप्टेन अहमेद फैजले २४, महम्मद अमिरले १६, सियाद अजिजले १४ रनको योगदान दिए ।
खेलमा टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजेको थियो । मलेसियाले पनि पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।
नेपाल र मलेसिया दुवैले आ–आफ्ना पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेका थिए ।
सिरिजमा प्रत्येक टिमले दुई दुई एक आपसमा खेल्नेछन् । तीनमध्ये शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् । लगातार दुई जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया