NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

यही हो कतार विश्वकपको आधिकारिक बल

काठमाडौं । यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा खेलिने आधिकारिक बल सार्वजनिक भएको छ । आधिकारिक बल फिफाले आज सार्वजनिक गरेको हो ।

‘अल रिहला’ नाम दिइएको उक्त बल एडिडास कम्पनीले बनाएको हो । अरबिक भाषाको अल रिहलाको अर्थ ‘दी जर्नी’ अर्थात यात्रा भन्ने हुने फिफाले जनाएको छ ।

कतारको वास्तुकला, डुङ्गा र राष्ट्रिय झण्डाबाट प्रेरणा लिएर बलको डिजाइन गरिएको जनाइएको छ ।

२२औं संस्करणको विश्वकप फुटबल कतारले आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।