२६ कोरोना सङ्क्रमित थपिए
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ । पछिल्लो समयमा ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ३०५ पुगेको छ । सङ्क्रमणमुक्त हुनेदर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा कुनै पनि छैनन् । शून्य सङ्क्रमित भएका जिल्लामा बारा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, सल्यान र बाजुरा छन् । नेपालमा सङ्क्रमणदर १७।७ प्रतिशत छ ।
हाल होम आइसोलेशनमा एक हजार ९६, संस्थागत आइसोलेशनमा ५०, आइसीयूमा १८ र भेन्टिलेटरमा तीनको उपचार हुँदैछ । विगत २४ घण्टामा ७१ हजार ७२ ले खोप लगाएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया