मेक्सिको र अमेरिकाले विश्वकपमा स्थान बनाए, कोस्टारिका प्लेअफमा
काठमाडौं (एजेन्सी) । मेक्सिको र अमेरिका सन् २०२२ मा अमेरिकामा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । गएराति भएको खेलमा दुवै देशले स्थान सुरक्षित गरेका हुन् ।
मेक्सिको एलसाल्भाडोरलाई २–० ले हराउन सफल भएको छ । मेक्सिकोका लागि युरियल एंटुना र राउल जाइमेन्जले क्रमशः १७ र ४३ मिनेटमा १/१ गोलको योगदान गरे ।
अमेरिका भने कोस्टारिकासँग २–० ले पराजित भएको छ । तथापि, अमेरिका विश्वकपमा छनोट भएको छ ।
अमेरिकालाई हराएको कोस्टारिकाले भने अन्तर महादेशीय प्लेअफमा स्थान बनाएको छ । उसले अब ओसियाना क्षेत्रका देशसँग प्रतिस्पर्धा गर्नेछ । त्यहाँ मात्रै एक खेल जितेमा पनि ऊ विश्वकपमा छनोट हुनेछ ।
त्यसैगरी, पानामा सँग १–० ले हार्नुका बाबजुद क्यानडा अब उत्तरअमेरिका, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको शीर्ष स्थानमा रहन सफल भएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया