नेपालको अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेको छैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेपालको अर्थतन्त्र दुर्घटनामा पर्न नदिन गम्भिर समिक्षा आवश्यक रहेको बताएका छन् । रिपोर्टर्स क्लबको वार्षिक उत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले अर्थतन्त्र संकटमा पर्न नदिनका लागि सर्वपक्षीय बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
अर्थतन्त्रलाई बृहत्त छलफल गरी सम्हालेर लैजाने विषयमा सत्तागठबन्धन दलभित्र गम्भिर समिक्षा र परामर्श भइरहेको जिकिर गरे ।
‘पत्रपत्रिकामा नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै हुने हो कि भन्न सर्वत्र चिन्ता र चासो भएको छ । अहिलेसम्मको स्थितिमा नेपाल श्रीलङ्काको अवस्थामा पुगेको छैन’, उनले भने, ‘श्रीलङ्काले अहिले जे समस्या भोगेको छ । कागज किन्न नसकेर परिक्षा नै स्थगित गर्ने अवस्थामा पुगेको छ । त्यो अवस्थामा नेपाल छैन ।’
नेपालमा आफ्नै र अन्तर्राष्ट्रिय परिस्थितिले सिर्जना भएका समस्या र नीतिगत कारणले भएका समस्यलाई समाधान गर्न सकियो भने नेपालको अर्थतन्त्र नियन्त्रणमा नै रहेको उनले जिकिर गरेका छन् ।
श्रीलङ्कामा विश्वव्यापी कोभिड माहामारीपछि त्याहाँको अर्थतन्त्र इतिहासमै नाजुक अवस्थामा पुगेको छ । कागज किन्ने पैसासमेत नहुँदा सरकारले सबै परिक्षा नै स्थगित गरेको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया