पिएनजीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौं । लगातार दुई खेल जितेको नेपालले पुपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । पिएनजीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपालले त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । पिएनजी दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो ।
नेपाल लगातार दुई खेल जित्दै फाइनलको नजिक छ । आज नेपालसँग हारे पिएनजीको फाइनल पुग्ने सम्भावना कमजोर बन्नेछ । किनकी मलेसियाले एक खेल जितिसकेको छ ।
पिएनजीविरुद्धको खेल नेपालले टी–२० खेल्न लागेको ५० औं अन्तर्राष्ट्रिय खेल हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया