पिएनजीविरुद्ध नेपालको विष्फोटक ब्याटिङ : एकै ओभरमा ३२ रन, दियो २०४ रनको लक्ष्य
काठमाडौं । त्रिदेशीय टी २० सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई विशाल लक्ष्य दिएको छ । विष्फोटक ब्याटिङ गरेको नेपालले २० ओभरमा २०३ रन प्रहार गर्दै चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
उच्च रन बनाउने क्रममा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा अर्धशतकीय ६६ रनको पारी खेले । कुशल भुर्तेलले १७, आशिफ शेखले ३८ र रोहित पौडेलले ४१ रन बनाए ।
आदिल खानले ११ बलमा ३१ रन प्रहार गरे । १९ औं ओभरमा ३२ रन प्रहार गरेको नेपालले अन्तिम ओभरमा पनि ठूला प्रहार गर्ने धुनमा तीन विकेट गुमाएर जम्मा चार रन जोडेको छ ।
१९ ओभरमा नेपालले ३२ रन जोडेको छ । जसमा चारवटा छक्का सामेल छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया