पिएनजीविरुद्ध नेपालको विष्फोटक ब्याटिङ : एकै ओभरमा ३२ रन, दियो २०४ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी २० सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई विशाल लक्ष्य दिएको छ । विष्फोटक ब्याटिङ गरेको नेपालले २० ओभरमा २०३ रन प्रहार गर्दै चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
उच्च रन बनाउने क्रममा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा अर्धशतकीय ६६ रनको पारी खेले । कुशल भुर्तेलले १७, आशिफ शेखले ३८ र रोहित पौडेलले ४१ रन बनाए ।
आदिल खानले ११ बलमा ३१ रन प्रहार गरे । १९ औं ओभरमा ३२ रन प्रहार गरेको नेपालले अन्तिम ओभरमा पनि ठूला प्रहार गर्ने धुनमा तीन विकेट गुमाएर जम्मा चार रन जोडेको छ ।
१९ ओभरमा नेपालले ३२ रन जोडेको छ । जसमा चारवटा छक्का सामेल छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया