पिएनजीलाई पराजित गर्दै नेपाल एक खेल अगावै त्रिदेशीय सिरिजको फाइनलमा
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा पपुवा न्युगिनी (पिएनजी) लाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ । लगातार तेस्रो खेलमा पनि जित हात पार्दै नेपाल फाइनलमा पुगेको हो ।
पिएनजी १९.४ अाेभरमा १६६ रनमा समेटियाे ।
ब्याटरको उत्कृष्ट योगदानमा नेपालले पिएनजीलाई २०४ रनको विशाल लक्ष्य दिएको थियो । तर विशाल लक्ष्य पछ्याएको पिएनजी जितसम्म पुग्न सकेन । यो पिएजनीले लगातार तेस्रो हार हो ।
जवाफमा लक्ष्य पछ्याउने क्रममा राम्रो रनरेटमा खेले पनि करण केसीले ५ विकेट लिए । उनले अन्तिम अाेभरमा ह्रयाट्रिक गरेका हुन् । सोमपाल कामी र अशिनाश बोहोराले दुई दुई विकेट लिएपछि खेल नेपालको नियन्त्रणमा आएको हो ।
नेपाल अब मलेसिया र पिएनजीजी अंक तालिकामा अगाडि हुनेसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
उच्च रन बनाउने क्रममा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा अर्धशतकीय ६६ रनको पारी खेले । कुशल भुर्तेलले १७, आशिफ शेखले ३८ र रोहित पौडेलले ४१ रन बनाए । डेब्यु गरेका आदिल खानले ११ बलमा ३१ रन प्रहार गरे ।
नेपालले अझै मलेसियासँग खेल्न बाँकी छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया