पिएनजीविरुद्ध करण केसीको ह्याट्रिक
काठमाडौं । त्रिदेशीय सिरिजमा ५० विकेटको कोशेढुंगा कायम गरेका तीव्र गतिका बलर करण केसीले ह्याट्रिक पनि गरेका छन् ।
पपुवा न्युगिनीविरुद्ध पहिलो ओभरमा विकेट लिंदै केसी अन्तर्राष्ट्रि टी–२० प्रतिस्पर्धामा ५० विकेट लिने दोस्रो खेलाडी भएका थिए । उनले ३६ खेलमा ५० विकेट लिएका हुन् । यस अघि सन्दीप लामिछानेले पनि ३६ खेलमा ५० विकेट लिएका थिए ।
उनै केसीले बिहीबार पिएजनीविरुद्ध ह्याट्रिक विकेट लिएका छन् । १९ औं ओभरमा केसीले लगातार तीन विकेट लिंदै ह्याट्रिक पूरा गरेका हुन् ।
उनले २० औ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिंदै ह्याट्रिक पूरा गरेका हुन् । ह्याट्रिका क्रममा उनले दुई खेलाडीलाई शून्य र एक खेलाडीलाई २ रनमा आउट गरेका हुन् ।

५ विकेट लिएका करण प्लेयर अफ द म्याच घोषित भएका छन् ।
करणले ह्याट्रिक लिएको खेलमा नेपालले पिएनजीलाई ३७ रनले पराजित गरी एक खेल अगावै फाइनलमा पुगेको छ ।
अन्तर्राष्ट्रिय खेलको ५० औं खेलमा नेपालले जित दर्ता गरेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया