सवारी दुर्घटनामा एक युवाको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ रञ्जीतपुरमा आज भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नं को बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
सो ठक्करबाट बोलेरोका चालक बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बोदेबर्साइन नगरपािलका–१० का ३० वर्षीय शैलेश यादव, ३० वर्षीय महेश चौधरी, वडा नं ५ का २६ वर्षीय बृजेशकुमार यादव, ३० वर्षीय जयशङ्कर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुणकुमार सिहं घाइते भएका छन् ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
प्रतिक्रिया