२०१० को विजेता स्पेन र ४ पटकको विजेता जर्मनी समूह चरणमै भिड्ने
काठमाडौं । सन् २०१० को विजेता स्पेन र ४ पटकको विजेता जर्मनी समूह चरणमै भिड्ने यसै वर्ष कतारमा हुने फिफा विश्वकपको समूह चरणमै भिड्ने भएका छन् ।
शुक्रबार राति कतारको दोहामा सम्पन्न समूह विभाजनअनुसार यी दुई टोली समूह चरणमै भिड्ने निश्चित भएको हो ।
स्पेन र जर्मनी भएको समूह सीमा एसियाली महारथी जापान पनि छ । साथै, अन्तरमहादेशी प्ले अफबाट कोस्टारिका र न्युजिल्याण्डमध्ये एउटा आउनेछन् । कतिपय फुटबल पण्डितले यसलाई ग्रुप अफ डेथसमेत मानेका छन् ।
यस्तै, समूह एमा आयोजक कतार इक्वेडर, सेनेगल र नेदरल्याण्डस् परेका छन् ।
समूह बीमा इंग्ल्याण्ड, इरान, अमेरिका र युरोपियन प्ले अफबाट आउने टोली वेल्स र स्कटल्याण्ड वा युक्रेनमध्ये एक टोली छनोट हुनेछ ।

समूह सीमा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् । समूह डीमा फ्रान्स अन्तर महादेशीय प्ले अफबाट आउने पेरु र अष्ट्रलिया वा युएईमध्ये एउटा, डेनमार्क र ट्युनिसिया छन् ।
समूह एफमा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् ।
समूह जीमा ब्राजिल, सर्बिया, स्विट्जरल्याण्ड र क्यामरुन परेका छन् । यसैगरी, समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकपको पहिलो खेल आयोजक कतार र इक्वेडरबीच हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया