सवारीसाधनको ठक्करबाट शिक्षकको मृत्यु
झापा । पिकअप भ्यानको ठक्करबाट झापामा एक शिक्षकको ज्यान गएको छ ।
झापाको दुर्गा मावि, गरामनीमा कार्यरत शिक्षक कृष्णप्रसाद निरौलाको शनिबार बिहान ठक्करबाट मृत्यु भएको हो ।
मर्निङवाकमा निस्किएका निरौलालाई पुष्पलाल चोकनजिकै प्र १–०१–००१ च ५१०७ नम्बरको भ्यानले ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया