ब्राजिल र फ्रान्सका प्रतिद्धन्द्धी दोहोरिए

काठमाडौं । कतारमा यसै वर्ष हुन लागेको विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । यो ड्रले साविक विजेता फ्रान्स र सर्वाधिक पाँचपटकको विजेता ब्राजिलमाथि भने यो ड्रले अनौठो संयोग बनाएको छ ।
यी दुई टोलीले अधिकांश प्रतिद्धन्द्धी अघिल्लो विश्वकपकै पाएका छन् ।
समूह डीमा रहेको दुईपटकको विजेता फ्रान्सको समूहमा योपटक अन्तर महादेशीय प्ले अफबाट आउने पेरु र अष्ट्रलिया वा युएईमध्ये एउटा, डेनमार्क र ट्युनिसिया छन् ।
२०१८ को अघिल्लो विश्वकपमा फ्रान्स, डेनमार्क, पेरु र अष्ट्रेलिया परेका थिए । योपटक पनि तीन टोली एउटै समूहमा सम्भावना रहेको छ । त्यसका लागि प्ले अफबाट पेरु र अष्ट्रेलियामध्ये एक आउनु पर्नेछ ।
यस्तै, ब्राजिलसहित तीवटा प्रतिद्धन्द्धी एकै समूहमा दोहोरिएका छन् ।
योपटक समूह जीमा ब्राजिल, सर्बिया, स्विट्जरल्याण्ड र क्यामरुन परेका छन् ।
२०१८ मा ब्राजिल, सर्बिया, स्विट्जरल्याण्ड र कोस्टारिका थिए । योपटक कोस्टारिकाबाहेक सबै दोहोरिएका छन् ।
अघिल्लो विश्वकपमा ब्राजिल र फ्रान्स समूह विजेता हुँदै अन्तिम १६ मा पुगेका थियो । योपटक पनि उस्तै नतिजा दाहोरिने अनुमान गरिएको छ ।
प्रतिक्रिया