छोराछोरीसहित आमा पोखरीमा हामफाल्दा दुई बालबालिकाको मृत्यु
जलेश्वर । महोत्तरीको औरही नगरपालिका–१ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु भएको हो ।
महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनाको उद्धार गरी पोखरी बाहिर ल्याएर उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई गएराति नै मृत घोषणा गरेको थियो भने आमा बन्दनाको अवस्था सामान्य रहेको छ ।
प्रहरीले घटना पश्चात गए राति ११ बजे नै मृतक बालबालिकाका आमा बुवा दुवैलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया