एमालेको सिंगो वडा कमिटी माओवादी केन्द्रमा
रुकुमपूर्व । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ । सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमालेविहीन भएको हो । यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।
अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं रुकुमपूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा छन् ।
उनीहरू सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले फूलमाला, अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका थिए । त्यहाँ सिङ्गो वडा कमिटीसँगै एमाले समर्थित सबै नागरिक पनि माओवदीमा आएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया