मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु
झापा । तीव्रगतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ । गौरादह–९, बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नंको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को १ क २४७९ नंको ट्र्याक्टरमा ठोक्किँदा गौरादह–९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिर्इ आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
यसैगरी शनिबार नै झापा दमक–५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । दमक–२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा अचानक बालक राई डुबेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । बालक एक्कासी दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग हारगुहार गरेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । उक्त बाँधमा एक वर्षअघि समेत पौडी खेल्ने क्रममा एक युवाको पनि डुबेर मृत्यु भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया