नेपाल व्यवस्थापन संघको आयोजनामा सिइओ सम्मेलन २०२२ हुने

काठमाडाैं । नेपाल व्यवस्थापन संघको आयोजनामा पहिलोपटक सिइओ सम्मेलन २०२२ हुने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गरी आगामी २५ चैतमा होटेल याक एन्ड यतीमा सम्मेलनको आयोजना गर्नेबारे जानकारी गराएको हो ।
उक्त सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत करिब तीन सय सिइओको सहभागिता रहने संघले जनाएको छ । संघका अनुसार सम्मेलनमा सातवटा फरक–फरक क्षेत्रमा सञ्चालन हुने हरेक सेसनमा चारजना वक्ता र एकजना सहजकर्तासहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता हुनेछ ।
संघले बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलन गर्न लागिएको जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया