नेपाल व्यवस्थापन संघको आयोजनामा सिइओ सम्मेलन २०२२ हुने
काठमाडाैं । नेपाल व्यवस्थापन संघको आयोजनामा पहिलोपटक सिइओ सम्मेलन २०२२ हुने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गरी आगामी २५ चैतमा होटेल याक एन्ड यतीमा सम्मेलनको आयोजना गर्नेबारे जानकारी गराएको हो ।
उक्त सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत करिब तीन सय सिइओको सहभागिता रहने संघले जनाएको छ । संघका अनुसार सम्मेलनमा सातवटा फरक–फरक क्षेत्रमा सञ्चालन हुने हरेक सेसनमा चारजना वक्ता र एकजना सहजकर्तासहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता हुनेछ ।
संघले बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलन गर्न लागिएको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया