प्रचण्डको दाबी– माओवादीले नेतृत्व गरेका स्थानीय सरकार उत्कृष्ट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले नेतृत्व गरेको स्थानीय तहमा राम्रो काम भएको दाबी गरेका छन् ।
शहीद रामवृक्ष यादवको शालिक अनावरणका लागि आइतबार जनकपुरधाम पुगेका प्रचण्डले माओवादीका जनप्रतिनिधिले नेतृत्व गरेको पालिका उत्कृष्ट भएको दाबी गरेका हुन् ।
‘यो मैले गरेको दाबी होइन । सरकारको संवैधानिक समितिले दिएको रिर्पोटमा माओवादीले नेतृत्व गरेको स्थानीय सरकारले उत्कृष्ट काम गरेको रिर्पोट दिएको छ’, उनले भने, ‘माओवादीले जहाँ नेतृत्व ग¥यो त्यहाँ सर्वश्रेष्ठ भयो । अन्यको भएन भन्ने रिर्पोट आएको छ । त्यसैले आगामी दिनमा पनि राम्रो र उत्कृष्ट काम गर्ने जोश र जाँगरका साथ आफूले गरेका राम्रा कामका एजेण्डा बोकेर जनताकोमा जानोस् ।’
देशलाई संकट पर्दा बचाउने माओवादी भए पनि सरकारको नेतृत्वमा गैरमाओवादी हुनु बिडम्बना भएको उनले टिप्पणी गरे । माओवादीले मात्र राम्रो काम गर्न सक्छ भन्ने विश्वास जनतालाई भएकोले आफ्नो पक्षमा जन लहर बढ्दै गएको जिकिर गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया