चीनमा तीव्र गतिमा बढ्दै कोरोना संक्रमण
सांघाई । चीनमा कोरोना भाइरस संक्रमण पुनः दु्रत गतिमा बढ्न थालेको छ । सोमबार देशभर १६ हजार ५ सय ९० जना संक्रमित भएका छन् ।
जसमध्ये १ हजार २ सय ३५ जनामा संक्रमणको लक्षण देखिएको छ । बाँकी १५ हजार ३ सय ५५ जनामा कुनै पनि लक्षण नदेखिएको चिनियाँ स्वास्थ्य निकायले जनाएको छ ।
चीनको व्यवसायिक सहर सांघाईमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । सरकारले विच्याटको आधिकारिक एकाउन्टबाट दिएको जानकारी अनुसार सोमबार १३ हजार ८६ जना संक्रमित भेटिएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले सांघाईमा २ करोड ६० लाख मानिसको संक्रमण परीक्षण गर्न सोमबार सैनिक एवं हजारौं स्वास्थ्यकर्मीलाई पठाएको छ । सांघाईमा सोमबारबाट दोस्रो चरणको लकडाउन सुरु भएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया