‘नियन्त्रणबाहिर गयो बर्डफ्लू’, लकडाउनको तयारी
काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणभन्दा बाहिर गएको छ । संक्रमण फैलिएपछि पशु सेवा विभागले ‘पोल्ट्री लकडाउन’को तयारी अघि बढाएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणभन्दा बाहिर गइसकेको स्वीकार गरे । तिवारीका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा बर्डफ्लू पुष्टि भइसकेको उनले जानकारी दिए ।
उनका अनुसार, कुखुरापालन हुने मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर,धनुषा र बाराजस्ता सबै जिल्लामा बर्डफ्लू नियन्त्रणबाहिर छ ।
उनले विभागले पोल्ट्री लकडाउनको तयारी गरिरहेको जानकारी दिए । विभागको सल्लाह मानेर पोल्ट्री लकडाउन जान उनले व्यवसायीलाई पनि सुझाव दिए । तर लकडाउन भएमा त्यो कस्तो हुन्छ भन्नेबारे उनले केही खुलाएनन् ।
नेपाल पोल्ट्री महासघंका महासचिव दिनेशराज मिश्रले नेपालमा फैलिएको बर्डफ्लूको क्षति ठूलो हुने उल्लेख गर्दै पूर्वतयारीमा जोड दिन आग्रह गरे । क्षति न्यूनीकरणका लागि भ्याक्सिनेसनमा जोड दिनुपर्ने उनको सुझाव छ ।
यद्यपि, नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएकाले भ्याक्सिन स्वीकृत दिन भने कानूनले रोकेको छ ।
पशु चिकित्सक डा. मोदनाथ गौतम पूर्वतयारी गर्न सरकारलाई विगतदेखि नै सुझाव दिए पनि बेवास्ता गरिएको गुनासो गर्छन् । पूर्वतयारीमा ढिलाइ भएकाले सरोकारवालासँग छलफल गर्न उनले सुझाए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया