आगामी जेष्ठ १९ गतेदेखि १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

काठमाडौं । आगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म ‘नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७९’ आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।
मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।
महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा ‘प्रदर्शनी आयोजक समिति’ गठन गरी यसको तयारीको काम सुरू भइसकेको छ ।
प्रतिक्रिया