आगामी जेष्ठ १९ गतेदेखि १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै
काठमाडौं । आगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म ‘नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७९’ आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।
मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।
महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा ‘प्रदर्शनी आयोजक समिति’ गठन गरी यसको तयारीको काम सुरू भइसकेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया