नेपालले सिरिज जितेकोबारे भारतीय मिडियाले के लेखे ?
काठमाडौं । पपुवा न्युगिनी (पिएनजी)लाई फाइनलमा ५० रनको भारी अन्तरले हराउँदै नेपालले त्रिदेवशीय टि–ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
मलेसिया र पिएनजी सम्मिलित त्रिदेशीय सिरिजमा घरेलु टोली नेपालले पाँच खेलमा शतप्रतिशत जित निकाल्दै उपाधि जितेको हो ।
नेपालको उच्च राजनीतिक दलका नेतासँगै सबैतिरबाट प्रशंसा भइरहेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा पहिलोपटक नेपाललले उपाधि जितेको हो । यसलाई नेपाली मिडियाहरू राम्ररी नगर्ने कुरै भएन ।
यता, नेपालले सिरिज जितेकोमा भारतीय मिडियाहरूले पनि प्राथमिकतामा राख्दै समाचार बनाएका छन् ।
अधिकांश मिडियाले नेपाली खेलाडीहरू दीपेन्द्रसिंह ऐरी र करण केसीको प्रशंसा गर्दै समाचार लेखेका छन् ।
अमर उजालाले नेपाल र पिएनजीबीचको फाइनल खेलको स्कोरबोर्डसहित समाचार लेखेको छ ।

डिएनए इण्डिया डटकमले नेपाल जितलाई ‘शानदार’ भनेको छ भने जी न्यूजले पनि नेपाल र पिएनजीबीचको स्कोरबोर्ड आफ्नो साइटमा राखेको छ ।
यस्तै, स्पोर्ट्सकीडाले, ‘टि–ट्वान्टी फाइनलमा नेपालको शानदार जित’ शीर्षक र ‘प्रमुख खेलाडीको उत्कृष्ट अलराउन्ड प्रदर्शन’ उपशीर्षकमा समाचार बनाएको छ ।
उसले दीपेन्द्रसिंह ऐरी र करण केसीको प्रदर्शनको प्रशंसा गरेको छ ।
एनडी टिभी स्पोर्ट्सले पनि नेपालको जितबारेको स्कोरबोर्ड आफ्नो साइटमा राखेको छ ।
सिरिजको ५ खेलमा दीपेन्द्रले सर्वाधिक २५५ रन र ७ बनाए । उनले फाइनलमा पनि अलराउण्ड प्रदर्शन गरेका थिए ।
अविजित रहँदै अर्धशतकसहित ५४ रन बनाएका दीपेन्द्रले महत्वपूर्ण ४ विकेट पनि लिए । उनी सिरिजका सर्वोत्कष्ट र फाइनलमा उत्कृष्ट खेलाडी चुनिए ।
यसैगरी करण केसीले करण केसीले ५ खेलमा १३ विकेट लिए । फाइनलमा उनले किफायती बलिङ गर्दै ३ विकेट लिए । उनी सिरिजका उत्कृष्ट बलर घोषित भए ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया