भारतबाट क्रिकेट हेर्न आएकी सेलिब्रेटी को हुन् ?
काठमाडौं । कीर्तिपुरकाे टियू मैदानमा भएको त्रिदेशीय सिरिजको फाइनल हेर्न सोमबार भारतबाट एक महिला सेलिब्रेटी आएकी सेफली बागा भारतीय टेलिभिजन पत्रकार एवं बिग बोस १३ की प्रतिस्पर्धी हुन् । उनले र्कितिपुर मैदानमा क्रिकेट हेर्न जम्मा भएको दर्शकको भीडलाई उनले भारतसँग तुलना गरेकी थिइन् ।
सेफलीले यहाँ पनि भारतमा जस्तै क्रिकेटलाई धेरै माया गर्ने गर्ने गरेको बताएकी थिइन् । उनी प्रसिद्ध भारतीय टेलिभिजन व्यक्तित्व हुन् । उनी आज तक र तेज नामक लोकप्रिय टेलिभिजन च्यानलहरुमा होस्टिङ र एङकरिङका लागि परिचित छिन् ।
नयाँ दिल्लीमा जन्मिएकी बागाले द टाइम्स अफ इन्डियाबाट आफ्नो पत्रकारिताको यात्रा सुरु गरेकी थिइन् । उनी बिग बोस सिजन १३ मा सबैभन्दा बढी विवादास्पद प्रतिस्पर्धीको रुपमा देखिएकी थिइन् । बिग बोस उनको पहिलो रियालिटी सो थियो ।
पत्रकारिता र उद्घोषणसँगै उनी इन्टरनेटमा सेलिब्रेटीको रुपमा चिनिन्छिन् । उनको फेसबुक र इन्स्टाग्राममा धेरै फलोअर्स छन् । शारीरिक व्यायाम र नृत्यसँगै उनी क्रिकेट हेर्न पनि मन पराउँछिन् । सेफलीले सन् २०१५ देखि टेलिभिजनमा काम गर्न सुरु गरेकी हुन् ।
खेलमा पपुवा न्युगिनीलाई हराउँदै नेपालले त्रिदेशीय टि–२० सिरिजको उपाधि जितेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया