२४ कोरोना सङ्क्रमित थपिए
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार ५८७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५२८ पुगेको छ ।
एन्टीजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४४ रहेको छ । पछिल्लो समय थप ५१ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७६५ पुगेको छ । निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । सङ्क्रमणबाट हुने मृत्यु दर १।२ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय १७ हजार ७५५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ८१२ रहेको छ । अहिले होमआइसोलेसनमा ७७१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ४१ आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया