कंगोमा नेपाली सेनामाथि विद्रोहीको आक्रमण, एकको मृत्यु, एक घाइते
काठमाडौं । कंगोमा शान्ति स्थापनार्थ गएको नेपाली सेनामाथि विद्रोहीले आक्रमण गरेका छन् । आक्रमणमा एक नेपाली सेनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् ।
प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको अपरेसन ‘बाली’ को टोलीमाथि मंगलबार आक्रमण भएको हो । आक्रमणमा एक जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ । ती सैनिकको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
आक्रमणबाट घाइते सैनिकलाई उद्धार गरेर बुनियाँस्थित लेबल–२ अस्पताल लगिएकोमा त्यहाँ उनको अहिले उपचार भइरहेको छ । ती सैनिकको अवस्थाबारे केही खुलाइएको छैन
विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट नेपाली सेनामाथि आक्रमण भएको बताइएको छ । ।
राष्ट्र संघले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया