साउथ इन्डियन फिल्म कुवेतमा प्रतिबन्ध
काठमाडौं । कुवेत सरकारले दक्षिण भारतीय अभिनेता थालापथी विजयको आगामी फिल्म ‘बिस्ट’ मा प्रतिबन्ध लगाएको छ । फिल्ममा इस्लामिक आतंकवादसँग सम्बन्धित केही दृश्यहरू देखाइएकाले कुवेतले फिल्मको रिलिज रोक्ने निर्णय गरेको हो ।
यसैबीच कुवेत सरकारले यसलाई आफ्नो देशको हितविरुद्ध भएको संज्ञा दिएको छ । विजयको होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी र आतंकवादसँग सम्बन्धित मुद्दाहरू देखाइएको छ । कुवेतले अरबी मुलुकमा आतंककारी लुकेका दृश्य देखाउने सबै फिल्म प्रतिबन्ध लगाउँदै आएको छ ।
‘बिस्ट’ अघि पनि कुवेतले दक्षिण भारतीय अभिनेता दुल्कर सलमानको फिल्म ‘कुरुप’ र विष्णु विशालको फिल्म ‘एफआईआर’ प्रतिबन्ध लगाएको थियो । ‘बिस्ट’ले यशको कन्नड फिल्म ‘केजीएफ–२’सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
द बिस्टलाई नेल्सन दिलीपकुमारले निर्देशन गरेका हुन् । चलचित्रमा अनिरुद्ध रविचन्द्रको संगीत रहेको छ । फिल्ममा पूजा हेगडे र सेल्वा राघवन मुख्य भूमिकामा छन् । बिस्टमा कमेडियन योगी बाबु पनि देखिनेछन् । यसको बजेट १५० करोड छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया