NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राजनीतिमा लागेपछि मनाङेको दोस्रो हातपात

काठमाडौं । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।

मन्त्री मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मंगलबार हातपात गरेका हुन् ।

०७४ देखि राजनीतिमा लागेका मनाङे प्रदेश सांसद हुँदै प्रदेश मन्त्री भइसकेका छन् ।

गुण्डानाइके पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङेले यो बीचमा दोस्रोपटक हातपात गरिसकेका छन् ।

मन्त्री हुनुअघि पनि उनले कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।

मन्त्री मनाङेले कुटे आफ्नै कर्मचारी