रणवीर-आलियाले अप्रिल १७ विवाह गर्दै, हनिमुन स्वीट्जरल्यान्ड जाने
मुम्बई । अहिले रणवीर कपुर र आलिया भट्टको बिहेको चर्चा चलिरहेको छ । अब यो जोडीको विवाहको उत्सव अप्रिल १३ वा १४ बाट सुरु हुने खबर आएको छ । दुवै जना प्रि वेडिंङ उत्सव र विवाह चेम्बुरको आरके हाउसमा हुनेछ । ३-४ दिनको समारोहपछि १७ अप्रिलमा रणवीर-आलियाले पञ्जाबी रीतिअनुसार विवाह गर्ने बताइएको छ ।
इ टाइम्सको रिपोर्ट अनुसार दुवैको विवाहको तयारी वेडिङ वेन्यू आरके हाउसमा सुरु भएको छ । अप्रिल १३ मा यो जोडीको मेहन्दी सेरेमनी हुन लागेको बताइएको छ । त्यसपछि हल्दी, संगीतलगायत सबै समारोह हुनेछन् । त्यही हलमा रणवीरका बुबाआमा ऋषि कपुर र नितु कपुरको पनि विवाह भएको थियो ।
रिपोर्टका अनुसार बिहे अघि रणवीरले आफ्नो घरमा ब्याचलर पार्टी आयोजना गर्न लागेका छन् । यो पार्टीमा सहभागी हुनेहरुको नामावली पनि बाहिरिएको छ । पार्टीमा उनको धेरैनजिकका साथीहरू र बाल्यकालका साथी सहभागी हुनेछन् । यो लिस्टमा अर्जुन कपुर, आदित्य रोय कपुर र अयान मुखर्जीको नाम समावेश छ । यी तीनैजना रणवीरका निकै नजिकका साथी हुन् ।
रिपोर्टका अनुसार विवाहपछि आलिया र रणवीर हनिमुनका लागि स्विट्जरल्याण्ड जानेछन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया