बेन्जिमाको ह्याट्रिकमा चेल्सीमाथि रियल मड्रिडको सानदार जित
काठमाडौं (एजेन्सी) । रियल मड्रिडले चेल्सीलाई हराएको छ । यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलअन्तर्गत गएराति भएको पहिलो लेगमा चेल्सी ३–१ गोल अन्तरतले स्तब्ध बनेको हो ।
रियलको जितका लागि करिम बेन्जिमाले ह्याट्रिक गरे । उनले २१ औं २४ औं र ४६ औं मिनेटमा गोल गरेर चेल्सीको अग्रता फराकिलो बनाए ।
चेल्सीका लागि भने काइ हाभर्टजले सान्त्वना गोल गरे ।
योसँगै रियल अब च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना प्रवल बनेको छ ।
त्यसैगरी, गएराति नै भएको अर्को खेलमा भिल्लारियलले कठिन जित निकालेको छ । बार्यन म्युनिखसँग प्रतिस्पर्धामा उत्रिएको भिल्लारियलले १–० गोल अन्तरमा जित निकालेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया